Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितवनमा बस र ट्रक ठोक्किँदा ३० जना घाइते


    मंगलबार, साउन ९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन। नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनकाे चौधकिलोमा आज बस र ट्रक ठाेक्किँदा ३० जना घाइते भएका छन् ।

    नारायणगढबाट मुग्लिनका लागि छुटेकाे रा १८ ख २२३६ नम्बरको बस र नारायणगढ आउँदै गरेकाे ना ६ ख ४९४२ नम्बरको ट्रक भरतपुर महानगरपालिका–२९ चौधकिलो पुलमा ठाेक्किएका हुन् ।

    घाइतेमध्ये चालकसहित १८ जनाको पुरानो मेडिकल कलेज र १२ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

    चालक र अर्का एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था खतरामुक्त रहेको छ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार