Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सय किलो सुन बरामद प्रकरणमा अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागले माग्यो प्रहरीको हेल्प


    सोमबार, साउन ८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राजश्व अनुसन्धान विभागले गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन बरामद प्रकरणमा अनुसन्धानका लागि प्रहरीको सहयोग मागेको छ ।

    विभागले उक्त सुन प्रकरणको छानबिनका लागि प्रहरीको सहयोग मागेपछि प्रहरी प्रधान कार्यालय, नक्सालले एसपी कृष्ण पंगेनीलाई पठाउने निर्णय गरेको उच्च सरकारी स्रोतले जानकारी दियो । पंगेनी यसअघि उपत्यकाभित्र हुने गम्भीर प्रकृतिका अपराध अनुसन्धान गर्ने निकाय उपत्यका अपराध अनुसन्धान कार्यालयमा काम गरिसकेका अधिकृत हुन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राजश्व अनुसन्धान विभागले एक क्वीन्टल सुन बरामद गरेपछि त्यसबारे बुझ्न आइतबार गृहमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थल भन्सार कार्यालय पुगेका थिए ।

    त्यसक्रममा उनले राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी लगायतसँग छलफल गरेका थिए । त्यसपछि विभागले प्रहरी प्रधान कार्यालय, नक्साललाई पत्राचार गरेर सहयोग मागेको स्रोतको भनाइ छ ।

    हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत आएको कम्तिमा १०० किलो सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

    मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुन भन्सार जाँच पार गरेर विमानस्थलबाट बाहिरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार