काठमाडौं । सवारीसाधनको लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै रकम ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१३, एकान्तकुनाका ३० वर्षीय राजु परियार र काठमाडौं महानगरपालिका–१४, कलंकी, सुनारगाउँका ३६ वर्षीय ब्रम्हा रिसाल छन् ।
परियारलाई गएको शनिबार ललितपुरबाट पक्राउ गरिएको सो कार्यालयका प्रवक्ता एवं एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।
पक्राउ पर्ने रिसाल भने कृष्ण ज्वेलर्स एन्ड सन्सका सञ्चालक हुन् । उनलाई हिजो काठमाडौंकै कालीमाटीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
परियारले आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताउँदै रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार परियारले १२ जनाभन्दा बढी व्यक्तिहरूलाई लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने, प्रदूषण जाँचपास गराइदिने भन्दै विश्वास दिलाएका थिए । त्यसरी उनले नगद र सुनको गहना (औँठी) समेत लिई चार लाख ३० हजार रुपैयाँबराबरको ठगी गरेको प्रहरीले जनाएको छ ।
त्यसरी ठगी गरी लिएको सुन रिसालले खरिद गरेका थिए । ठगी गरिएको सुन किनेर उनले गालेका थिए । गालेर ढिक्का बनाइराखेको सुन ११.६८० ग्रामसहित उनलाई पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए ।
उनीहरूलाई ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको प्रहरीले बताएको छ।
काठमाडौँ। शनिबार साँझ रसुवाको गोसाइँकुण्डबाट एउटा ‘अन टेस्ट’भ्यान त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ। उक्त गाडीसँगै चालक बेपत्ता भएका प्रहरीले जनाएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका- ५...
काठमाडौं। धनगढीमा सत्याग्रह गरिरहेका डा.गोविन्द केसीसँग वार्ता गर्न थप दुई जना धनगढी गएका छन् । प्रधानमन्त्री बालेन शाहका स्वास्थ सल्लाहकार जे.पी. अग्रवाल र स्वास्थ्य तथा...
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापनसहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद् जोखिममा परेका...
२०८३ साउन ६ गते बुधबार नेपाल फेस डटकमा प्रकाशित ‘गगन थापाका भित्रियालाई बिराजभक्त र सभामुखले गुठीमै किन रोजे ?’ शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend