Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सामाखुसीमा नालिले बगाउँदा बेपत्ता भएका बालक अझै भेटिएनन्


    सोमबार, साउन ८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौँको सामाखुसीस्थित सडकमा रहेको नालीले बगाउँदा बेपत्ता भएका एक बालक अझै फेला परेका छैनन् ।

    आइतबार अपराह्न साढे ४ बजे काठमाडौं महानगरपालिका-३ रानीबारीस्थित एनसिएमटी स्कुल अगाडिको खोलामा आएको बाढीले बगाउँदा बालक बेपत्ता भएका थिए ।

    सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर बेपत्ता भएका हुन्। विद्यालयबाट घर आएर खेल्न निस्किएका उनलाई बाढीले बगाउँदा बेपत्ता भएका थिए।

    आज बिहान ११ बजेसम्म पनि उनी फेला परेका छैनन्।

    उनको खोजी गर्न काठमाडौंका विभिन्न युनिटहरू खटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेश मैनालीले जानकारी दिए।

    उनका अनुसार सामाखुसीमा खसेका बालक बगेर विभिन्न खोलामा पुगेको हुन सक्ने भएकाले छुट्टै प्रहरी परिचालन गरिएको छ।

    अहिले प्रहरी वृत्त बालाजुका १० जना र प्रहरी वृत्त सोह्रखुट्टेका १० जनाले विष्णुमती खोलामा खोजी गरिरहेका छन्।

    विपद् उद्धार महाशाखा सामाखुसीबाट २५ जनाको टोली पनि खटिएको छ।

    ‘डेडिकेटेड टिम ४५ जना खटिएका छन्। अन्य विभिन्न मातहतका प्रहरीहरूलाई पनि हेर्न भनिएको छ,’ एसएसपी मैनालीले भने, ‘अन्तिममा बागमतीमा पुगिने भएकाले कालिमाटी र कीर्तिपुरलाई पनि आवश्यक खोजी गर्न भनेका छौं।’

    यस्तै बालकको खोजी गर्न सशस्त्र प्रहरी बलको पनि छुट्टै टोली खटिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार