Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुन तस्करी प्रकरणमा थप ६ जना पक्राउ


    आइतबार, साउन ७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा थप ६ जना पक्राउ गरेका छन् । राजस्व अनुसन्धान विभागको विशेष टोलीले आज त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी र तीन जना भन्सार एजेन्टसहित ६ जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन् । यस्तै सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा पनि पक्राउ परेका छन् ।

    योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार