Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लघुवित्त खारेजीको माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन


    आइतबार, साउन ७ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न माग राख्दै आज काठमाडौंमा प्रदर्शन गरेको छ।

    उनीहरूले नव सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्न, लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न तथा समाजवादी अर्थतन्त्रको विकास गर्न माग गरेका छन् ।

    उनीहरूले माइतीघर मण्डलाबाट जुलुस सहित थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल, घण्टाघर हुँदै भद्रकाली पुगी कोणसभा गरेका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार