Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बीच सडकमै ड्युटीमा खटिएका ट्राफिक प्रहरी कुट्ने युवक पक्राउ


    आइतबार, साउन ७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। ललितपुरको चापागाउँ दोबाटोमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा ताप्लेजुङ घर भई चापागाउँ दोबाटोमा मोबाइल पसल गर्ने २६ वर्षीय विश्वास राई छन्।

    ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीका अनुसार उनलाई शुक्रबार अपराह्न पक्राउ गरिएको हो।

    शुक्रबार दिउँसो चापागाउँ दोबाटोमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवलदार सुनिल शाहमाथि राईले निर्घात कुटपिट गरेका थिए।

    चापागाउँ दोबाटोमै मोबाइल पसल रहेको राईले ट्राफिक व्यवस्थापनमा काम गरिरहेका हवलदार शाहसँग निहुँ खोजी एक्कासी कुटपिटमा उत्रिएको एसपी कार्कीले बताए।

    ‘सिसीटिभी हेर्दा ड्युटी गरिरहेका हवलदारसँग सडकमा बसिरहेका ती व्यक्ति आफैले निहुँ खोजेको र अकास्मात् कुटपिटमा उत्रिएको देखिन्छ,’ उनले भने।

    राईलाई सोही दिन पक्राउ गरी सातदोबाटो प्रहरी वृत्तमा राखिएको छ।

    उनीविरूद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने र उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार