जनकपुरधाम। महोत्तरी सदरमुकाम जलेश्वरमा प्रहरीका नायब उपरीक्षक (डीएसपी) कुटिएका छन् । जनकपुरधामस्थित प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी नायब उपरीक्षक चन्देश्वर यादव कुटिएका हुन्।
जलेश्वर नगरपालिका–२ बसपार्क नजिक विद्यापति नगरमा गत बिहीबार राति करिब १० बजे यादव कुटिएका स्रोतले बतायो । यादवको हाल उपचार हुँदै छ।
स्थानीय बासिन्दाले दिएको जानकारी अनुसार बिहीबार अचानक हो–हल्ला सुनिएपछि घर बाहिर निस्किँदा रगतमा लतपतिएको अवस्थामा डीएसपी यादव भेटिएका थिए। उनले स्थानीयसामू आफूलाई बचाउन गुहार मागेका थिए। त्यसपछि उनलाई ट्राफिक प्रहरीले उठाएर प्रादेशिक अस्पताल पुर्याएका थिए।
हो–हल्ला भएपछि घटनास्थल भन्दा करिब एक सय मिटरको दूरीमा रहेको जलेश्वर ट्राफिक कार्यालयका प्रहरीले घाइते यादवको उद्धार गरेर जलेश्वर प्रादेशिक अस्पताल लगेका स्थानीयले जानकारी दिए। घाइते यादवको खुट्टा भाँचिएको छ। हाल यादवको काठमाडौं स्थित प्रहरी अस्पतालमा उपचार भैरहेको श्रोतले जनाएको छ।
धनुषामा कार्यरत डीएसपी यादव राति १० बजे एक्लै जलेश्वरमा किन गएको र घटना के कारण भएको भन्ने विषयमा प्रहरीको कुनै पनि निकायले बोल्न नमाने पनि घटनाको छानबिन गर्न समिति गठन गरिएको छ।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौं । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न सरकारका नाममा...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend