Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल-भारत सीमा क्षेत्रमा गोली हानेर महिलाको हत्या


    आइतबार, साउन ७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका-२ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ । गएराति मोटरसाइकलमा सवार दुई जना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई दुई राउन्ड गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

    ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि नखुलेको प्रहरीले जनाएको छ । घटनास्थल भारतीय भूमि परेकाले मृतक महिलाको शव भारतीय प्रहरीले नै लगेको प्रहरी कार्यलय धनुषाले बताएको छ । गोली हानेर हत्या गरेका समूह पनि भारत तीरै भागेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार