Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • करेन्ट लागेर दुई जनाको मृत्यु


    शनिबार, साउन ६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। भक्तपुरको भक्तपुर नगरपालिका-८ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । च्यामासिंहस्थित निर्माणाधिन घरको भुई तलामा प्लम्बरको काम गर्ने क्रममा करेन्ट लागेर सूर्यबिनायक नगरपालिका-६ सूर्यबिनायक बस्ने ३० वर्षीय सरोज त्वयनाको मृत्यु भएको हो ।

    करेन्ट लागेर गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    यता रूपन्देहीको बुटवल उपमहानगरपालिका-११ बुद्धनगर बस्ने सैनामैना नगरपालिका घर भएकी २८ वर्षीया तिर्सना थापाको करेन्ट लागेर मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-८ बस्ने नारायण बहादुर कुँवरको घरमा रिपेरीङ गर्ने क्रममा हाईटेन्सनको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार