Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान


    शनिबार, साउन ६ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज इटाली प्रस्थान गरेका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान गरेका हुन् ।

    उनलाई बिदाइ गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, मुख्यसचिव डा.वैकुण्ठ अर्याल लगायत नेताहरू विमानस्थल पुगेका थिए ।

    प्रधानमन्त्री प्रचण्डसँग कृषि तथा पशुपन्छी विकास मन्त्री डा। बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा। जयकान्त राउत तथा प्रधानमन्त्री सचिवालय सदस्य तथा छोरी गङ्गा दाहाल पनि भ्रमणमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार