भैरहवा। रुपन्देहीको सियारी गाउँपालिका–१ स्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ।
तिलोत्तमा नगरपालिका–१५ मदौलीयाका ११ वर्षीय अमन थारुको आज शनिबार दिउँसो पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको भैरहवास्थित वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधु नेपालले बताए ।
नेपालका अनुसार अमन अन्य तीन जना साथीहरुसँगै पौडी खेल्न खोलामा गएका थिए । सियारी गाउँपालिका–१ स्थित तिनाउ खोलामा रहेको कौवाघाटदेखि दक्षिणतर्फ खोलाको हिलोमा गडेर डुबेको अवस्थामा अमनको शव दिउँसो २ बजेतिर स्थानीय बासिन्दाले निकालेका हुन् । मृतक अमनको पोष्टमार्टम गर्ने तयारी भइरहेको छ ।
पौडी खेल्ने क्रममा अमन खोलामा डुबेपछि बाहिर ननिस्केको र केही बेरसम्म नदेखिएपछि सँगै आएका अन्य साथीहरुले चिच्याएर कराएका थिए । उनीहरु कराएको सुनेपछि स्थानीयहरूले घटनास्थलमा पुगेर खोजी गर्दा अमनको शव हिलोबाट निकालेका हुन् ।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौं । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न सरकारका नाममा...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend