भैरहवा। रुपन्देहीको सियारी गाउँपालिका–१ स्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ।
तिलोत्तमा नगरपालिका–१५ मदौलीयाका ११ वर्षीय अमन थारुको आज शनिबार दिउँसो पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको भैरहवास्थित वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधु नेपालले बताए ।
नेपालका अनुसार अमन अन्य तीन जना साथीहरुसँगै पौडी खेल्न खोलामा गएका थिए । सियारी गाउँपालिका–१ स्थित तिनाउ खोलामा रहेको कौवाघाटदेखि दक्षिणतर्फ खोलाको हिलोमा गडेर डुबेको अवस्थामा अमनको शव दिउँसो २ बजेतिर स्थानीय बासिन्दाले निकालेका हुन् । मृतक अमनको पोष्टमार्टम गर्ने तयारी भइरहेको छ ।
पौडी खेल्ने क्रममा अमन खोलामा डुबेपछि बाहिर ननिस्केको र केही बेरसम्म नदेखिएपछि सँगै आएका अन्य साथीहरुले चिच्याएर कराएका थिए । उनीहरु कराएको सुनेपछि स्थानीयहरूले घटनास्थलमा पुगेर खोजी गर्दा अमनको शव हिलोबाट निकालेका हुन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend