काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रियबाट बुधबार जाँच पास भएर झन्डै एक सय किलो सुन भित्रिएपछि विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी निलम्बनमा परेका छन्।
हङकङबाट क्याथे एयरवेजको जहाजबाट आएको ब्रेकशुमा लुकाएर ल्याएको ठूलो परिमाणको अन्दाजी ८० देखि १०० किलो सुन भन्सार जाँच पास भएर निस्किएको देखिएपछि तीन जनालाई निलम्बन गरिएको हो।
कर्मचारीको कमजोरी देखिएकाले निलम्बन गरिएको भन्सार विभाग स्रोतले जानकारी दियो।
भन्सार अधिकृत सन्तोष चन्द, खरिददार कुमार ढकाल र सरोज श्रेष्ठ निलम्बनमा परेका हुन्।
ब्रेक शु आउँदा भन्सार कार्यालयका कर्मचारी सरोज श्रेष्ठको ड्युटी एक्सरे मेसिनमा हेर्ने थियो। तर उनको लापरवाहीले उक्त सुन भित्रिएको स्रोतले बतायो।
‘त्यो दिन एक्सरे हेर्ने सरोज थिए। उनले जिम्मेवारीपूर्वक काम गरेको देखिएन,’ स्रोतले भन्यो, ‘उनलाई नोटिस भएको थियो। रेड च्यानल चेक गर भनेर छाड्न पाउन्न। उनले होल्ड गरेर चेकजाँच गर्नुपर्थ्यो। त्यो गरेको देखिएन।’
शंकास्पद सामान आएको थाहा पाएर पनि उनले थप प्रक्रिया नपुर्याएको स्रोत बताउँछ।
रेडी प्रालीले आठ वटा ब्रेक शुका बक्स ल्याएको थियो। जसमध्ये पाँच वटा बक्सलाई हेर्न भनेर लेखेको पाइएको थियो।
‘त्यसपछि पनि यसलाई हेर भनेर सम्बन्धित अधिकृतलाई बुझाउनुपर्छ। आफू पनि सँगै बस्नुपर्छ,’ स्रोतले भन्यो।
उनी टेलिफोन अपरेटर हुन्। उनले एक्सरे हेर्नेसम्बन्धी तालिम लिएका व्यक्ति हुन्।
यस्तै खरिददार कुमार ढकालले ब्रेक शुको बक्स खोलेर हेरेको देखिन्छ। तर पनि उनले सुन देखेनन्।
‘सिसिटिभीमा हेर्दा कुमारले दुई वटा बक्स खोलेर हेरेको देखिन्छ। तर ब्रेक शुमात्रै देखेपछि उनले पठाइदिए। उनले पुन: एक्सरेबाट हेर्नुपर्थ्यो हेरेनन्,’ स्रोतले भन्यो।
त्यस्तै भन्सार अधिकृत सन्तोष चन्द भने उक्त सामान भएको ठाउँमै नपुगेको भन्सार विभागले जनाएको छ। त्यससमय भन्सारमा आएका सामान हेर्ने जिम्मेवारी उनको थियो। तर उनले एकपटक पनि नहेरेको पाइएपछि निलम्बन गरिएको हो।
अहिले निलम्बनमा परेका कर्मचारीहरू पनि अनुसन्धानको घेरामा छन्। उनीहरूसँग पनि राजश्व अनुसन्धान विभागले सोधपुछ गरी थप कारबाही गर्नसक्ने स्रोत बताउँछ।
यसरी कमजोरी गर्ने अन्य कर्मचारीहरूलाई पनि कारबाही गर्ने तयारी विभागको छ।
काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
जनकपुरधाम । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै धनुषाको विदेह नगरपालिकामा मेयर पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ । निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न...
पच्चीस बर्षदेखि सुदूर पश्चिम प्रदेशमा ग्यास उद्योग सञ्चालन गर्नुभएका दिवान चन्द अहिले एलपी ग्यास उद्योग संघका अध्यक्ष हुनुहुन्छ । उहाँको रेडियन्ट ब्राण्डको ग्यास कम्पनी...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend