सुर्खेत । जुम्लाको गुठीचौरका ७ वटा घरमा अज्ञात समूहले आगजनी गरेको छ ।
गुठीचौर गाउँपालिका-४ मा रहेका सात घर र एक ट्याक्टरमा अज्ञात समूहले शुक्रबार राति आगजनी भएको जुम्ला प्रहरीले जनाएको छ ।
आगजनी कसले र किन गर्यो भन्ने विषय अहिलेसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुुख डीएसपी प्रहृलाद न्यौपानेले बताए ।
उनका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडान्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, डाँडाबाडा गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीका घरमा अज्ञात समूहले आगजानी गरेको हो ।
गुठीचौरकै धिता र देपाल गाउँमा पनि आगजानी भएको बताइएको छ । उक्त अज्ञात समूहले शुक्रबार राति ११ देखि १ बजेको बीचमा आगजानी गरेको प्रहरीले जनाएको छ । उक्त समूहले सडकमा रोकिराखिएको एउटा ट्याक्टरमा समेत आगजानी गरेको छ । आगो लागेको घरमा समयमै थाहा पाउँदा अधिकांश घर क्षति हुनबाट जोगिएका छन् ।
उक्त घटनाबाट कुनै मानवीय क्षति नभए पनि घरका झ्याल, ढोका र गोठहरु जलेको प्रहरीले बताएको छ ।
के कति क्षति भएको छ भन्ने विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौं । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न सरकारका नाममा...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend