Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जुम्लाको गुठीचौरमा अज्ञात समूहले गरे ७ घरमा आगजनी


    शनिबार, साउन ६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सुर्खेत । जुम्लाको गुठीचौरका ७ वटा घरमा अज्ञात समूहले आगजनी गरेको छ ।

    गुठीचौर गाउँपालिका-४ मा रहेका सात घर र एक ट्याक्टरमा अज्ञात समूहले शुक्रबार राति आगजनी भएको जुम्ला प्रहरीले जनाएको छ ।

    आगजनी कसले र किन गर्‍यो भन्ने विषय अहिलेसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुुख डीएसपी प्रहृलाद न्यौपानेले बताए ।

    उनका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडान्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, डाँडाबाडा गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीका घरमा अज्ञात समूहले आगजानी गरेको हो ।

    गुठीचौरकै धिता र देपाल गाउँमा पनि आगजानी भएको बताइएको छ । उक्त अज्ञात समूहले शुक्रबार राति ११ देखि १ बजेको बीचमा आगजानी गरेको प्रहरीले जनाएको छ । उक्त समूहले सडकमा रोकिराखिएको एउटा ट्याक्टरमा समेत आगजानी गरेको छ । आगो लागेको घरमा समयमै थाहा पाउँदा अधिकांश घर क्षति हुनबाट जोगिएका छन् ।

    उक्त घटनाबाट कुनै मानवीय क्षति नभए पनि घरका झ्याल, ढोका र गोठहरु जलेको प्रहरीले बताएको छ ।

    के कति क्षति भएको छ भन्ने विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार