Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भन्सार छली भित्र्याइएको २५ क्विन्टल चिनी बरामद


    शनिबार, साउन ६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कञ्चनपुर। सशस्त्र प्रहरीले कञ्चनपुरका लालझाडी गाउँपालिका–१ नौरंगाबाट भन्सार छली भित्र्याइएको अवैध मालसामानसहित दुई जनालाई पक्राउ गरेको छ ।

    सशस्त्र प्रहरीको झलारीस्थित ३५ नम्बर गणमातहतको बीओपी दोदाबाट खटिएको टोलीले शुक्रबार राति १६ लाख रुपैयाँभन्दा बढीको मालसामान बरामद गरेको हो । पक्राउ पर्नेहरूमा गाडीचालक कृष्णपुर नगरपालिका–५ का ३० वर्षीय लोकेन्द्र बोहोरा र सहचालक लालझाडी–१ का १९ वर्षीय बिशाल बडायक रहेका छन् ।

    उनीहरूले सामान ल्याउन प्रयोग गरेको पिकअप भ्यान पनि नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी ३५ नम्बर गणले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार