Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्पले टोक्दा दाङमा १ जनाकाे मृत्यु


    शनिबार, साउन ६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सर्पको टोकाईबाट दाङमा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार शान्तिनगर गाउँपालिका–३ बस्तीखोलाका करिब ५० वर्षीय दल बहादुर घर्तीको सर्पको टोकाईबाट मृत्यु भएको हो ।

    शुक्रबार घरको ढोकाबाट बाहिर निस्किने क्रममा सर्पले टोक्दा गम्भीर घाईते भएका घर्तीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

    उनको शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार