Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • हिरासतमै महिला मृत भेटिइन्


    शुक्रबार, साउन ५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमै एक थुनुवा महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।

    चक्रघटा गाउँपालिका ८ की अन्दाजी ४० वर्षिया हजरत खातुनले हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएङ्की सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र थारु पजियारले जानकारी दिए ।

    उनका अनुसार राति १० बजे शौचालय गर्न जाँदा शौचालको ढोकामा कपडाले पासो लागेपछि सिकिस्त अवस्था प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको डिएसपी पजियारले बताए ।

    उनका अनुसार साउन १ गते नेपाल भारत सीमा क्षेत्र मलंगवा नगरपालिका ८ झिलमिलियामाईबाट सशस्त्र प्रहरीले पाँच लाख ४ हजार नगद, १८७.७७ ग्राम चादी र ७.०७ सुन सहित खातुनसहित दुईजनालाई नियन्त्रणमा लिएको थियो ।

    भन्सारले ३ लाख ३९ हजार धरौटी बुझाए छाड्ने भनेको थियो । तर धरौटी बुझाउन नसकेपछि उनलाई नेपाल प्रहरीलेलाई जिम्मा लगाएको थियो ।

    उनको मृत्युकाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार