Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अत्तरियाबाट बाघका दुई वटा छालासहित दुई जना पक्राउ


    शुक्रबार, साउन ५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • कैलाली। अत्तरियाबाट हिजो बिहीबार राति बाघका दुई वटा छालासहित दुई जना पक्राउ परेका छन् ।

    गोदावरी नगरपालिका-२ अत्तरियास्थित रिङरोडबाट बाघको छालासहित प्रहरीले बैतडी दोगडाकेदार गाउँपालिका-२ का ६५ वर्षीय देव सिंह विष्ट र पाटन नगरपालिका-८ का ३० वर्षीय हर्कबहादुर विष्टलाई पक्राउ गरेको हो ।

    प्रहरीले उनीहरूको साथबाट पुच्छर सहित ६ फिट ११ इन्च लम्बाइ, २ फिट ४ ईन्च चौडाई र पुच्छर सहित ७ फिट ३ ईन्च लम्बाइ, २ फिट चौडाई भएको २ ओटा बाघको छाला बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले बताएका छन् ।

    प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट प्रहरी नायव निरिक्षक प्रकाश बहादुर कडायतको टोली र इलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले विशेष सुराकीको आधरमा उनीहरूलाई पक्राउ गरेको डिएसपी चन्दले बताए ।

    बरामद गरिएको छाला सहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार