काठमाडौं । व्यवसायी दीपक मल्होत्राले हिजो बुधबार काठमाडौंको सिनामंगलबाट बरामद गरिएको ठूलो परिमाणको सुन तस्करीमा आफ्नो कुनै पनि प्रकृतिको संलग्नता नरहेको उल्लेख गरेका छन् ।
केही सञ्चारमाध्यमले बरामद गरिएको सुन मल्होत्राको रहेको समाचार प्रकाशन गरेपछि बिहीबार पत्रकार सम्मेलन गर्दै व्यवसायी मल्होत्राले यस्तो गैर कानुनी कार्यमा आफू र आफ्ना परिवारको कुनै संलग्नता नरहेको बताएका हुने ।
पत्रकार सम्मेलनमा मल्होत्राले भने– ‘आजसम्म म र मेरो परिवारले नेपालको कानुनभन्दा बाहिर गएर कुनै पनि काम गरेको छैन । यस्तो गैर कानुनी काममा मेरो नाम जोडिनु दुःखद कुरा हो । यसको खण्डन गर्न चाहन्छु ।’
व्यवसायी मल्होत्राले मुख्य अभियुक्तलाई उन्मुक्ति दिने षड्यन्त्रका साथ मंगलबार भएको सुन बरामदमा आफ्नो नाम जोडिएको समेत आरोप लगाएका छन् ।
पत्रकार सम्मेलनमा मल्होत्राले भने– ‘मेरो बिचारमा बरामद गरिएको सुन तस्करीमा संलग्नलाई उन्मुक्ति दिने योजनासहित गलत तरिकाले मेरो नाम मुछिएको छ । मुख्य कारोबारीलाई उन्मुक्ति दिने प्रयास भएको देख्छु ।’
हिजो राती राजश्व अनुसन्धान विभागले झन्डै सय किलो सुन काठमाडौंको सिनामंगलबाट बरामद गरेको थियो ।
झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित सीमा इलाकाबाट जेठ ४ गते सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले ५ सय ७० ग्राम सुन...
काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनले चयन गरेका सभापति गगन थापाले पार्टी नफुटेको दाबी गर्दै नेतृत्व मात्र परिवर्तन भएको बताएका छन् । पार्टी अद्यावधिक गर्न...
नेपाल फेस डटकममा ‘फेरि मौलाउँदै नेटवर्किङ कारोबार, अबर्जन कम्पनीबाट करोडौं ठगी’ शीर्षकमा प्रकाशित प्रसारित सामग्रीउपर मेरो ध्यानाकर्षण भएको छ । उक्त समाचार सामग्रीका सम्बन्धमा...
झापा । मुलुकको होचो गाउँपालिकाका रूपमा रहेको कचनकवल-५ पाठामारीस्थित मेची नदीमा निर्मित झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । सङ्घीय सरकारको रु...
काठमाडौं । एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएमा छन् । एकीकृत समाजवादी र गौतम नेतृत्वको नेकपा एकता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend