काठमाडौँ । त्रिभुवन विमानस्थल परिसरबाट बरामद गरिएको झन्डै एक क्विन्टल बराबर सुन हङकङबाट ल्याइएको भनेर खुलेको छ।
हङकङकबाट उक्त करिब १ सय किलो सुन असार ३० मा काठमाडौँ ल्याइएको थियो । क्याथे प्यासेफिकको उडानमार्फत आएको सामान मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ भनेर मगाएको भेटिएको छ ।
‘ब्रेक प्याड’ १६० सेट मगाउने कम्पनी हो– ‘रेडी ट्रेड प्रालि ।’ सो कम्पनीको कार्यालय बुढानीलकण्ठमा रहेको अनुसन्धानबाट थाहा भएको छ । ब्रेक प्याडभित्र लुकाएको अवस्थामा करिब ८० देखि १ सय किलो सुन भेटिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताए ।
रेडी ट्रेड प्रालिको तर्फबाट भन्सार एजेन्ट (१५२) नम्बरका यादव पराजुलीको एजेन्ट नम्बर प्रयोग गरेर राजेन्द्र राईले त्रिभुवन विमानस्थल कार्यालयबाट सामान बुझेका थिए । राजेन्द्रले साउन २ मा १२ प्रज्ञापन पत्र भरेर सामान जिम्मा लिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ।
भन्सार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीको संलग्नताबारे छानबिन गर्न समिति समेत गठन गरेको छ । भन्सार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा समिति गठन गरिएको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए ।
अवैध सुन ल्याउने गिरोहमा संलग्न आरोपमा भारतस्थित पुरानो दिल्ली घर भएर काठमाडौँ बस्ने ५३ वर्षीय थाप्तेन छिरिङसहित ६ जनालाई राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ । बरामद सुनको तौल पनि यकिन गर्न बाँकी रहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक ढुङ्गानाले बताए ।
बा.२ ज २३२४ नम्बरको ट्याक्सीमा राखेर लैजान लागेको अवस्थामा हिज साँझ राजस्व अनुसन्धान विभागको टोलीले सुन बरामद गरेको थियो ।
काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
जनकपुरधाम । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै धनुषाको विदेह नगरपालिकामा मेयर पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ । निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न...
पच्चीस बर्षदेखि सुदूर पश्चिम प्रदेशमा ग्यास उद्योग सञ्चालन गर्नुभएका दिवान चन्द अहिले एलपी ग्यास उद्योग संघका अध्यक्ष हुनुहुन्छ । उहाँको रेडियन्ट ब्राण्डको ग्यास कम्पनी...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend