काठमाडौं । काठमाडौं–रक्सौल विद्युतीय रेलको निर्माण लागत करिब ४ खर्ब लाग्ने अध्ययनले देखाएको छ। भारतले तयार गरेको फाइनल लोकेसन सर्भे (एफएलएस) को प्रतिवेदनले उक्त रेलको लागत ४ खर्ब रुपैयाँ देखाएको हो। भारतले काठमाडौंबाट सीधा रक्सौल जोड्ने गरी विद्युतीय ब्रोडगेज रेलको फाइनल लोकेसन सर्भेको प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ।
भारतको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त सर्भे सम्पन्न भएको हो। २०७८ सालको असोजमा १८ महिनाभित्र सकाउने गरी नेपाल र भारतबीच द्विपक्षीय समझदारी भएको थियो। यसअघि भारतको आर्थिक सहयोगमै सन् २०१९ मा रेलमार्गको ‘प्रिलिमिनरी इन्जिनियरिङ कम ट्राफिक’ (पीईटी) सर्वेक्षण सम्पन्न गरी नेपाललाई बुझाएको थियो। उक्त प्रतिवेदनले रेलमार्गको लागत करिब साढे २ खर्ब रुपैयाँको अनुमान गरेको थियो।
भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेड (केआरसियल)ले नै रेलमार्गको पीईटी र एफएलएस अध्ययन गरेको हो। भारतको विदेश मन्त्रालयले केआरसियलमार्फत रेलमार्गको अध्ययन गराएर प्रतिवेदन नेपाललाई बुझाएको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर एवं प्रवक्ता अमन चित्रकार बताउँछन्।
पहिलाको पीईटी सर्भेले काठमाडौंदेखि रक्सौलको कुल लम्बाइ १ सय ३६ किलोमिटर हुने ठहर गरेकोमा एफएलएसले भने १ सय ४० किलोमिटर लम्बाइ हुने देखाएको उनी बताउँछन्। ‘निजगढ विमानस्थल बनाउने सरकारको निर्णयपछि विमानस्थलको मध्य वा छेउबाट रेल जान मिलेन। त्यसलाई अलिकति डिटुर गर्दा १ सय ४० किलोमिटरको हाराहारीमा आउने देखिन्छ,’ प्रवक्ता चित्रकारले भने।
काठमाडौंदेखि रक्सौलको बीचमा १३ स्टेसन हुने पनि अध्ययनले देखाएको छ। रक्सौलबाट आउने क्रममा रेल बारा, पर्सा, मकवानपुर हुँदै काठमाडौंको चोभारमा अन्तिम स्टेसन हुनेछ।
तराई हुँदै पहाडमा पनि रेल कुदाउनुपर्ने भएकाले टनेल र पुलहरू धेरै बनाउनुपर्ने अध्ययनले देखाएको छ। रेलमार्गको कुल लम्बाइमा करिब ४१ किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने अध्ययनमा उल्लेख छ। ब्रोडगेज रेल भएकोले अधिकतम गति १ सय २० किलोमिटर प्रतिघण्टा हुने बताइएको छ।
भारतीय पक्षबाट प्रतिवेदन हस्तान्तरण भइसकेको हुँदा अब सरकारले यसमा परामर्श लिने काम सरकारले गर्नेछ। निर्माणको चरणमा जानका लागि लगानीको मोडालिटी के हुने सम्बन्धमा दुई देशबीच छलफल हुन सक्ने बताइएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend