Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भद्रकुमारी घले सदन नभत्काउन उच्च अदालत पाटनको आदेश


    बुधबार, साउन ३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित भद्रकुमारी घले सेवा सदनका संरचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । आज न्यायाधीश श्यामजी प्रधानको इजलासले संरचना नभत्काउन आदेश दिएको हो ।

    काठमाडौं महानगरपालिकाले भद्रकुमारी घले सेवा सदनका केही संरचनामा बुधबार नै डोजर चलाएर भत्काएको छ । बाँकी संरचना पनि भत्काउने बताउँदै आएको छ । तर, महानगरपालिकाको कदमविरुद्ध निषेधाज्ञाको आदेश माग गर्दै सदनका तर्फबाट दिएको निवेदनमाथि सुनुवाइ गर्दै सदनको घरजग्गामा क्षति पु¥याउने वा अतिक्रमण गर्ने काम नगर्नु नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

    अदालतले ८ साउनमा दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार