Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शङ्कास्पद वस्तु राखेको आरोपमा पक्राउ परेका पासवान भन्छन्– काम गर्ने मान्छे हुँ, राख्न लगाउनेलाई चिन्दिनँ


    बुधबार, साउन ३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज बिहान काठमाडौँको सिनामंगलमा शङ्कास्पद वस्तु राखेको आरोपमा प्रहरीले रौतहट घर भएका खजान्ती पासवानलाई पक्राउ गरेको छ । रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर–८ घर भका पासवान सिनामंगलस्थित सुकुम्वासी बस्तीमा बस्छन् ।

    पासवानलाई आज घटनास्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सीताराम रिजालले बताए । खोटाङ हलेसी ज्वेलर्स अगाडी शङ्कास्पद बस्तु राखेको आरोपमा पक्राउ परेका पासवानले आफूलाई मोबाइल दिएर कसैले राख्न लगाएको बयान दिएका छन् ।

    पक्राउपछि उनले प्रहरीसँग भनेका छन्–‘राख्न लगाउने मान्छेलाई चिन्दिनँ, नेपाली मान्छे हो ।’ शङ्कास्पद बस्तु दिनेले ‘त्यहाँ राख’ भनेपछि आफूले राखेको उनले बताएका छन् ।

    शङ्कास्पद बस्तु राखेपछि उनी घटनास्थलमा नै बसेर रमिता हेरिरहेका थिए । अनुसन्धान अधिकृतहरूले उनलाई सिसिटिभी फुटेको आधारमा पक्राउ गरेका हुन् । प्रहरीसँगको बयानमा उनले भनेका छन्–‘म काम गर्ने मान्छे हुँ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार