Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखरीमा डुबेर एक जनाको ज्यान गयो


    बुधबार, साउन ३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • खोटाङ। हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा पोखरीमा डुबेर एक जनाको ज्यान गएको छ । स्थानीय पञ्चकाली पशुपालन समूहले बनाएको सिंचाइ पोखरीमा डुबेर ६० वर्षीय केशरमान राईको मृत्यु भएको बुधबार प्रहरीले जनाएको छ ।

    हिजो दिउँसो एक बजेतिर पौडी खेल्ने क्रममा स्थानीय १६ वर्षीय निशान राईले केशरमानलाई पोखरीमा डुबिरहेको अवस्थामा फेला पारेको डीएसपी मन्जिल मुकारुङले बताए । राईको शवको पोस्टमार्टम जिल्ला अस्पतालमा भइरहेको डीएसपी मुकारुङले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार