Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते


    बुधबार, साउन ३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पाँचथर। पाँचथरको सदरमुकाम फिदिम बजार नजिकै टेम्पो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सिवादेखि फिदिम आँउदै गरेको प्रदेश ०१००१ स ८७०५ नम्बरको टेम्पो दुर्घटनामा पर्दा ५५ वर्षीया हरिमाया तुम्रोकको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्युु भएको हो ।

    उक्त दुर्घटनामा फिदिम ६ की वसन्ती लिम्बू, फिदिम ६ का सन्देश लिम्बू, फिदिम ७ का कुशल लिम्बू र चालक दीपक लिम्बू घाइते भएका छन् । उनीहरुको फिदिमस्थित समर्पित अस्पताला उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    जिल्ला कार्यालय पाँचथरका अनुसार सिवाबाट फिदिमतर्फ आँउदै गरेको टेम्पो बुधबार बिहान साढे ९ फिदिम नगरपालिका १ समर्पित अस्पताल नजिकै दुर्घटनामा परेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार