काठमाडौं । पर्यटकीय क्षेत्रमा कुनै पनि पर्यटकको आगमनसँगै उनीहरूको सुरक्षा र सहज व्यवस्थापन पहिलो प्राथमिकताको विषय हो । खुम्बु पासाङल्हामु गाउँपालिकाले यसलाई मनन गर्दै ुट्रेक कार्डु लागु गरेको छ ।
खुम्बुक्षेत्रमा आएका पर्यटकको सुरक्षा, व्यवस्थापन र पर्यटन प्रवर्द्धन तथा प्रचार-प्रसार गर्ने उद्देश्यले ‘ट्रेक कार्ड’ प्रयोगमा ल्याइएको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरीङ शेर्पाले बताए । ‘खुम्बुक्षेत्रमा आएका पर्यटकको सुरक्षा र व्यवस्थापनको प्रत्याभूति गर्नु गाउँपालिकाको कर्तव्य हो’, अध्यक्ष शेर्पाले भने, ‘ट्रेक कार्डले पर्यटक सुरक्षित छन् भन्ने जानकारी लिन बिहान निस्किएको ठाउँ र बेलुका पुगेको ठाउँको ट्र्याक गर्छ ।’
यो खुम्बु गाउँपालिका आफैँले तयार गरेको डिजिटल प्रणालीमा आधारित कार्ड हो । यसले खुम्बुक्षेत्रमा घुम्न पुगेका पर्यटकलाई ट्र्याक गर्छ । हाल खुम्बुक्षेत्रको विभिन्न ६ स्थानमा कार्ड प्रयोगका लागि चेक प्वाइन्टहरू खडा गरिएका छन् ।
पर्यटकले बिहान निस्कने बेलामा आफू नजिकैको चेक प्वाइन्ट र साँझ उनीहरू बस्ने ठाउँमा रहेको चेक प्वाइन्टमा स्क्यान गर्नुपर्छ । यसले उनीहरू कहाँ छन् भन्ने जानकारी गाउँपालिका र सम्बन्धित निकायहरूमा स्वतः पुग्छ । कार्डले उनीहरू बिहान कुन ठाउँबाट हिँडे र साँझ कुन ठाउँमा पुगे भन्ने सूचना उपलब्ध गराउँछ ।
गाउँपालिकाले ११ हजार पर्यटकलाई यो कार्ड दिएर परीक्षण गरेको थियो । खुम्बुक्षेत्र आएका पर्यटक तथा उनीहरूको समूहलाई गाउँपालिकाले कार्ड प्रयोग गर्न लगाएको थियो । यो समाचार नागरिक दैनिकमा छ ।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौं । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न सरकारका नाममा...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend