Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अनमोल केसी भन्छन्- यस वर्ष मेरा कुनै पनि फिल्म हेर्न पाउनुहुन्न


    मंगलबार, साउन २ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता अनमोल केसीले २०८० सालभित्र आफूले काम गर्ने कुनै फिल्म पनि रिलिज नहुने बताएका छन् । उनले २०८१ सालमा मात्र आफू अभिनित फिल्म दर्शकमाझ प्रदर्शन हुने जानकारी दिए ।

    उनले भने, ‘यस वर्ष फिल्म सुटिङको काम हुने भए पनि रिलिज हुनेछैन । अर्को वर्ष मात्र फिल्म रिलिजको तयारी छ । दर्शकले २०८१ मा मात्र मेरा फिल्म हेर्न पाउनुहुनेछ ।’ होम प्रोडक्सन सुपर काजल्सको फिल्म, जेरी अनटप, रोहित अधिकारीले निर्माण गर्ने फिल्म र सुदर्शन थापाको प्रोजेक्ट आफ्नो पाइपलाइनमा रहेको उनले जानकारी दिएका छन् ।

    ‘तर कुनै फिल्म पनि कुन मितिदेखि ठ्याक्कै सुटिङमा जान्छन् भन्ने निधो छैन,’ अनमोलले भने, ‘यस वर्ष छायांकन त हुन्छन् तर प्रदर्शन चाहिं हुने छैन ।’ अनमोल अभिनित पछिल्लो फिल्म ‘छड्के २’ ले उनको करिअरमा चुनौती खडा गरेको थियो । हतार नगरीकन र समय लिएर मात्र उनी छायांकनमा जाने तयारीमा छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार