Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • भैरहवामा मेयर र उपमेयरविरुद्ध सडकमा उत्रिए स्थानीय


    सोमबार, साउन १ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ र २ का बासिन्दाले डण्डा खोला किनारमा बस्ती नजिकै फोहोर नफाल्न माग गर्दै सोमबार नगरपालिका कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । उनीहरुले आइतबार राति प्रहरी प्रशासनको बलमा फोहोर फाल्न खोजिएको विरोधमा प्रर्दशन गरेका हुन् ।

    उनीहरुले मेयर इश्तियाक अहमद खान र उपमेयर उमा अधिकारीविरुद्ध नाराबाजी गरेका छन् । सिद्धार्थनगर– २ का सञ्जीव गुरुङले नगरका सम्पूर्ण क्षेत्र हराभरा बनाउने तर फोहोर जति वडा नम्बर १ र २ मा फाल्नु जायज नभएको बताए ।

    उनले नदी किनार र बस्ती नजिकै फोहोर फाल्दा स्थानीयवासी विभिन्न रोगबाट ग्रसित भएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार