विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित सप्तकोशी किनारमा प्रेमीको कुरा काटेको निहुँमा युवतीको एक समूहले अर्को समूहमाथि निर्घात कुटपिट गरेको छ । उक्त युवतीहरुबीच भएको ‘ग्याङ फाइट’मा संलग्न तीनजना पक्राउ परेका छन्।
पाँच जनाको समूहले तीन जना युवतीलाई सप्तकोशीको किनारमा निर्घात कुटपिट गरेको हो । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले बराह क्षेत्र नगरपालिका-९ कि १९ वर्षकी कृति लिम्बुलाई पक्राउ गरेको हो ।
उनलाई अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए ।
सुनसरीको बराहक्षेत्र– ९ को राजाबास (कोशी किनार) मा शुक्रबार कृतिसहित ५ जनाको टोलीले अन्य तीन जना युवतीलाई बोलाएर निर्घात कुटपिट गरेको थियो । कुटपिटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
‘प्रेमीको विषयमा कुरा काटेको निहुँमा कुटपिट गरेको देखिन्छ’, प्रहरी नायव उपरीक्षक राईले भने, ‘एक जना पक्राउ परेकी छन्, चार जनाको खोजी गर्दैछौं, थप विषय अनुसन्धान हुँदैछ ।’
कुटपिटको भिडियोमा आफ्नो कुरा किन भनेको भन्दै मुक्का र लात्ती हानेको देखिन्छ । प्रहरीका अनुसार कुटिने र कुटाई खानेहरु चिनजानकै व्यक्ति हुन् ।
‘कुटाई खाने र कुट्ने चिनजानेका साथी हुन्, कुट्ने समूहले निगार (घरेलु मदिरा) खाएर कुटेको देखिन्छ’, प्रहरी स्रोतले भन्यो, ‘काम छ भन्दै कोशी किनारमा बोलाएर कुटपिट गरेका रहेछन् ।’
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौं । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न सरकारका नाममा...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend