फिदिम। मेची राजमार्ग अन्तर्गत फिदिम –४ र हिलिहाङ –७ को सङ्गममा पर्ने हेवाखोला दोभानमा निर्मित बेलिब्रिज आज उद्घाटन भएको छ ।
ताप्लेजुङको भुभागसँगै हेवाखोला पारी पर्ने पाँचथरका फालेलुङ हिलिहाङ र याङवरक गाउँपालिकालाई जोड्ने सो स्थानमा रहेको मोटरेबल पुल गत असार २ गते आएको बाढीले बगाएपछि सङ्घीय सरकारले बेलिब्रिज निर्माण गरेको हो ।
सडक डिभिजन कार्यालय इलाममार्फत निर्माण भएको ब्रिजको उद्घाटन कोशी प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कमलप्रसाद जवेगूले गरेका हुन् । उद्घाटन कार्यक्रममा जवेगूले पुल निर्माणका क्रममा खट्ने कामदार र प्राविधिकसँगै जनप्रतिनिधि र सुरक्षाकर्मीलाई धन्यवाद दिए ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्वे, फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी र सडक डिभिजन इलामका प्रमुख विदुर पोखरेलसहित सर्वसाधारण र राजनैतिक दलका नेता कार्यकर्ताको उपस्थिति थियो ।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौं । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न सरकारका नाममा...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend