फिदिम। मेची राजमार्ग अन्तर्गत फिदिम –४ र हिलिहाङ –७ को सङ्गममा पर्ने हेवाखोला दोभानमा निर्मित बेलिब्रिज आज उद्घाटन भएको छ ।
ताप्लेजुङको भुभागसँगै हेवाखोला पारी पर्ने पाँचथरका फालेलुङ हिलिहाङ र याङवरक गाउँपालिकालाई जोड्ने सो स्थानमा रहेको मोटरेबल पुल गत असार २ गते आएको बाढीले बगाएपछि सङ्घीय सरकारले बेलिब्रिज निर्माण गरेको हो ।
सडक डिभिजन कार्यालय इलाममार्फत निर्माण भएको ब्रिजको उद्घाटन कोशी प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कमलप्रसाद जवेगूले गरेका हुन् । उद्घाटन कार्यक्रममा जवेगूले पुल निर्माणका क्रममा खट्ने कामदार र प्राविधिकसँगै जनप्रतिनिधि र सुरक्षाकर्मीलाई धन्यवाद दिए ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्वे, फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी र सडक डिभिजन इलामका प्रमुख विदुर पोखरेलसहित सर्वसाधारण र राजनैतिक दलका नेता कार्यकर्ताको उपस्थिति थियो ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend