Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नाबालिग एलओडी प्रवेश प्रकरणः म्यानेजरसहित २ जना पक्राउ


    सोमबार, साउन १ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले काठमाडौंको ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिक्स) का म्यानेजर सहदेव सेढाईंसहित दुई जनालाई पक्राउ गरेको छ । बालिकालाई क्लबमा प्रवेश गराएको घटनामा अनुसन्धान गर्न प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

    जिल्ला प्रहरी परिसर काठमाडौंले सेढाईं र काउन्टरमा काम गर्ने सपना ढुंगानालाई पक्राउ गरेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए ।

    एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको घटनापछि प्रहरीले उमेर नपुगेको व्यक्तिलाई क्लबमा प्रवेश गराएको भन्दै अनुसन्धान गरिरहेको छ । यही प्रकरणमा यसअघि एलओडीका सञ्चा लक रुदिल बल्लभ श्रेष्ठ र राजुसिंह सुवाल पक्राउ परेका थिए ।

    तर उनीहरु बोलाएका बेला उपस्थित हुने गरी छुटेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार