Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिकी दूतावास अगाडि विरोध प्रदर्शन


    शनिबार, असार ३० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपालमा गाँजामाथिको प्रतिबन्ध हटाउनुपर्ने माग गर्दै आज विरोध प्रदर्शन गरिएको छ । अमेरिकासँग ५ दशक अघि नेपालले हस्ताक्षर गरेको सन्धि निष्प्रभावी र प्रत्युपादक भएको भन्दै महाराजगञ्जस्थित अमेरिकी दूतावास अगाडि अभियन्ताहरुले विरोध प्रदर्शन गरेका हुन् ।

    सुरूवाती समयमा नियमन गर्नका लागि ल्याइएको यो कानुन पछि प्रतिबन्धतिर उन्मुख भएको भन्दै त्यसलाई तत्काल हटाउन अभियन्ताहरुले माग गरेका छन् ।

    यो प्रतिबन्धात्मक प्रावधानले कुनै सकरात्मक प्रभाव जमाउन नसकेको गाँजा माथिको प्रतिबन्ध हटाउनुपर्ने माग गर्दै आएका अभियन्ताहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाल जस्ता राष्ट्रले यसको फाइदा उठाउन सक्ने भएपनि सो प्रावधानका कारण त्यसो हुन नसकेको उनीहरूको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार