Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हजुरबुवाको कुटाइबाट दुई वर्षीय नातीको मृत्यु, अर्का गम्भीर


    शुक्रबार, असार २९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • बैतडी। बैतडीमा हजुरबुवाको कुटाइबाट नातीको मृत्यु भएको छ। पुर्चौडी नगरपालिका–६ मुडेलीधारमा दुई वर्षीय नातीको हजुरबुवाको कुटाइबाट मृत्यु भएको छ भने अर्का ८ वर्षीय नाती भने गम्भीर घाइते भएका हुन् ।

    हिजो बिहीबार दिउँसो हेरचाहाका क्रममा ५० वर्षीय गणेश साउँदले दुई वर्षीय आफ्नै नाती रेसम साउँद र ८ वर्षीय रिजन साउँदलाई कुटेर गम्भीर घाइते बनाएका थिए गम्भीर घाइते भएका दुई वर्षीय रेसमको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु् भएको हो ।

    अर्का उनका दाजु ८ वर्षीय रिजनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । रिजनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।

    हजुरबुवाको निर्घात कुटपिटबाट दिपक साउदका दुई वर्षीय छोरा रेसम र ८ वर्षीय रिजन गम्भीर घाइते भएका थिए । हेरचाहा गर्न हजुरबुवासँग छोडेर आमा र हजुरआमा घाँस काट्न गएको बेला साउदले नातीहरुलाई निर्घात कुटपीट गरेका थिए । आरोपित साउदको मानसिक अवस्था ठिक नभएको बुझिएको छ ।

    उक्त कुटपीट गर्ने बाजे गणेश साउदलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार