Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धारिलो हतियार प्रयोग गरी रौतहटमा एक पुरुषको हत्या


    शुक्रबार, असार २९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। रौतहटमा धारिलो हतियार प्रयोग गरी एक पुरूषको हत्या गरिएको छ। देवाहीगोनाही नगरपालिका–६ कर्कच कर्मैया बस्ने ब्रह्मदेव साह कानुको छोरा ३५ वर्षीय जगरनाथ साह कानुको धारिलो हतियार प्रयोग गरेर हत्या भएको प्रहरीले जनाएको छ।

    धारिलो हतियार प्रयोग गरेर हत्या भएको अवस्थामा शुक्रबार बिहान घरमा जगरनाथको शव फेला परेको ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक गोविन्द साहले जानकारी दिए।

    साहको हत्या कसले र किन गर्‍यो भन्ने खुलिनसकेको र यसबारे अनुसन्धान थालिएको निरीक्षक साहले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार