विराटनगर । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मालवाहक ट्रक कोसी ब्यारेजबाट सप्तकोसी नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ख ३००७ नम्बरको ट्रक खसेको हो ।
उक्त ट्रक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ख १७६५ नम्बरको बससँग ब्यारेजको पुलमा ठोक्किएको थियो ।
शुक्रबार बिहान यात्रु लिएर बस काँकडभिट्टाबाट सोलुखुम्बुतर्फ जाँदै थियो । ट्रकमा सवार चालकसहित तीनजनाको नदीबाट उद्धार गरिएको छ । एकजना यात्रुलाई सामान्य चोट लागेको छ ।
पुलमा ट्रक धसारिँदा पुलको १० मिटरजति भाग भत्किएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढकालले जानकारी दिए ।
दुर्घटनाबाट कोसी ब्यारेजको १० नम्बर ढोकाको बार भत्किएको र त्यही भागबाट ट्रक नदीमा खसेको ढकालले बताए । ट्रकका चालक २४ वर्षीय दिनेश खत्री सामान्य घाइते भएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौं । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न सरकारका नाममा...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend