Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जब पारस खडकाले भने- नेपाली क्रिकेट अगाडि बढ्न चाहन्छ भने जिल्लादेखि नै संरचना फेरवदल गर्नुपर्ने बेला आइसक्यो


    बिहिबार, असार २८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खडकाले नेपाली क्रिकेट अगाडि बढ्न चाहन्छ भने जिल्लादेखि नै संरचना फेरवदल गर्नुपर्ने बेला आएको बताएका छन्।

    आज समाजिक सञ्चालमा भिडियो पोस्ट गर्दै उनले नेपाली क्रिकेट अगाडि बढ्न चाहन्छ भने जिल्लादेखि नै संरचना फेरवदल गर्नुपर्ने बेला आएको दाबी गरेका हुन्।

    ‘नेपाल क्रिकेट संघको विधानले दिएको हक अधिकार प्रयोग गरेर जिल्लादेखि नै असल/राम्रो नेतृत्व छानेर यहाँहरूले नेपाली क्रिकेटलाई ठूलो उर्जा दिन सक्नुहुनेछ। नेपाली क्रिकेट अगाडि बढ्न चाहन्छ भने जिल्लादेखि नै हाम्रो संरचना फेरवदल गर्नु पर्ने बेला आइसकेको छ। त्यसैले सबै स्टेकहोल्डरलाई नेपाल क्रिकेटको विधान र आचारसंहिता लागू हुने गरी आआफ्नो सदस्यता नवीकरण गरेर जिल्ला क्रिकेट संघको चुनावमा भाग लिएर नेपाली क्रिकेटलाई अगाडि बढाउनलाई महत्वपूर्ण भूमिका खेल्न हुन व्यक्तिगत रूपमा हार्दिक अनुरोध गर्दछु,’ पारसले भनेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार