Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • साउनमा निक्षेपको ब्याजदर घट्ने, बैंकहरू आफैँ ब्याजदर तय गर्ने


    बिहिबार, असार २८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। बैंकहरूले अब आफैँ ब्याजदर तय गर्ने भएका छन् ।

    यस्तै वाणिज्य बैंकको ब्याजदरमा हुँदै आएको भद्र सहमति आगामी साउनदेखि तोडिने भएको छ । आज बसेको नेपाल बैंकर्स संघको बैठकले वाणिज्य बैंकहरूले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार ब्यजदर बढाउन र घटाउन पाउने निर्णय गरेको हो ।

    हाल बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिँदै आएका छन् । बैकहरूमा तरलता सहज भएकाले अब ब्याजदरमा एकरूपता आवश्यक नरहेको बताइएको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरूले अन्तर बैंक कारोबार गर्न छोडेर त्यसको ब्याजदर पनि घट्दै गएको छ । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि ८२ प्रतशतभन्दा तल झरेको छ । यस्तो अनुपात ९० प्रतिशतसम्म कायम गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

    यसले पनि बैंकमा तरलता सहज हुँदै गएको देखिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार