Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा थप १ जना समातिए


    बिहिबार, असार २८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौ पैसा उठाउने प्रकरणमा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंका ५९ वर्षीय केशव तुलाधर रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    सो कार्यालयबाट खटिएको टोलीले बुधबार (हिजो) काठमाडौंकै सानो भर्‍याङबाट उनलाई नियन्त्रणमा लिएको एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

    नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै रकम ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । उनीविरुद्ध ठगी तथा संगठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको एसपी रेग्मीले बताए ।

    यो मुद्दामा यसअघि पक्राउ परेका १८ मध्ये काठमाडौं जिल्ला अदालतले दुईलाई धरौटीमा रिहा र १६ जनालाई थुनामा पठाउन आदेश दिएको थियो । यही असार १ गते न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले यस्तो आदेश दिएको हो ।

    आदेशपछि प्रतिवादीमध्येका टंक गुरुङ १० लाख र लक्ष्मी महर्जन पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । यस्तै, ‘हाई प्रोफाइल’हरू बालकृष्ण खाँण, टोपबहादुर रायमाझीलगायत सबै प्रतिवादीलाई जगन्नाथ देवलस्थित केन्द्रीय कारागारमा थुनामा पठाइएको थियो ।

    यस्तै तीमध्येका केही प्रतिवादीले जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार