Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ६६ वर्षीय पुरुष पक्राउ


    बिहिबार, असार २८ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बर्दिया। बर्दियामा एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा राजापुर नगरपालिका ४ भिमापुर घर भई गेरुवा गाउँपालिका ५ लक्ष्मीपुरस्थित छोरीको घरमा बस्दै आएका ६६ वर्षीय रामफल थारू रहेका छन् ।

    उनलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो । थारूले ती बालिकालाई गत सोमवार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार