Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दोहोरो अंकले बढ्यो नेप्से


    बुधबार, असार २७ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज बुधबार नेप्से बढेको छ । साता कारोबारको चौंथो दिन आज नेप्से सूचकांक बढेसँगै हाइड्रोपावर उपसूचक उचालिएको छ ।

    कारोबारको चौथो दिन बुधबार नेप्से सूचकांक २५.३१ अंकले बढेर दुई हजार ९७ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २८९ कम्पनीहरुको ८५ लाख ४ हजार कित्ता शेयर किनबेच हुँदा तीन अर्ब १८ करोड ७६ लाख ९५ हजारको कारोबार भएको छ ।

    बजारमा हरियाली छाएसँगै ११ वटा उपसूचकहरुमा हरियाली छाएको छ । आज सर्वाधिक हाइड्रोपावर उपसूचक ४.४१ प्रतिशतले बढेको छ । दोस्रोमा माइक्रोफाइनान्स उपसूचक १.८७ प्रतिशतले बढेको छ । आज फाइनान्स उपसूचक भने १.९५ प्रतिशतले र होटल तथा पर्यटन उपसूचक ०.८७ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार