पर्सा। वीरगन्ज भन्सारको मूल गेटको चेकप्वाइन्टबाट आज बिहान सशस्त्र प्रहरीले २ जनालाई लागूऔषध चरेससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा पटेर्वासुगौली गाउँपालिका–५ का ३५ वर्षीय सत्यनारायण माझी र ४० वर्षीय प्रलाद माझी रहेका छन् ।
भन्सार मूल गेटमा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको चेक प्वाइन्ट ड्युटी टोलीले विशेष सूचनाको आधारमा बीआर २२ एम ४२०६ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर भारततर्फ जाँदै गरेका माझीद्वयको मोटरसाइकल चेक गरेको थियो । मोटरसाइकलको ट्यांकीबाट १५ किलो ३ सय १० ग्राम चरेस बरामद भएको थियो ।
पक्राउ परेका माझीद्वयलाई चरेश र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि सीमा प्रहरी चौकी इनर्वामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोषकुमार बस्नेतले जानकारी दिए ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend