काठमाडौं । वैशाखमा श्रीमान् गुमाएपछि लाऔंलाऔं खाऔंखाऔं उमेरका दुई छोरा हुर्काउनुपर्ने चुनौती गीतालाई आइप¥यो । सामान्य आर्थिक अवस्थाकी गीतालाई एकातिर अल्पायुमै श्रीमान् गुमाउँदाको पीडा थियो, अर्कोतिर हुर्कंदै गरेका छोराको भविष्यले पिरोलिरहन्थ्यो ।
नौ वर्षका प्रदीप र १२ वर्षका दीपकलाई हजुरबुबा र हजुरआमाको साथमा छाडेर गीता रोजगारीको सिलसिलामा दुबई पुगिन् । दुबई गएको एक महिना नपुग्दै फेरि उनलाई अर्को ठूलो बज्रपात परेको छ । बुद्धभूमि नगरपालिका–१ कपासी घरमा हजुरआमासँगै सुतेका उनका दुई छोराको सर्पले डस्दा मृत्यु भएको छ ।
सोमबार राति करिब ११ बजे टाउको दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने भएपछि घरेलु प्रविधिबाट उनीहरूको उपचार थालिएको थियो । तर, केही सुधार नभएपछि गोरुसिंगेस्थित बुद्ध पोलिक्लिनिक लगियो । त्यसबेलासम्म बिहानको ४ बजिसकेको थियो । स्थानीय सुमन बन्जाडेका अनुसार, पोलिक्लिनिकले आफूले नसक्ने भन्दै तुरुन्त बुटवल लैजान सुझाव दियो ।
त्यसपछि दुवै जनालाई उपचारका लागि बुटवल लुम्बिनी प्रादेशिक अस्पताल पु¥याइयो । त्यहीँ दुवै जनाको मृत्यु भयो । मृत्यु भइसक्दासम्म बच्चाको परिवारलाई सर्पले डसेको थाहा थिएन । दुवै जना पारिजात बोर्डिङ स्कुल गोरुसिंगेमा अध्ययन गर्दै आएका थिए । अस्पतालको रिपोर्टमा सर्पदंशको कारण मृत्यु भएको टिपोर्ट भएको कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए ।
दुवै जनालाई गोमन सर्पले डसेको हुन सक्ने बताइएको छ । पेट दुख्ने, थुक निल्न गारो हुने, आँखा खोल्न अप्ठ्यारो हुने, शरीर दुख्नेजस्ता लक्षण सर्पको डसाइको हुने भएकाले त्यस्तो देखिएमा सर्पदंश उपचार केन्द्रमा जानुपर्ने भण्डारीले बताए । हजुरआमा वसन्ता भुसालले घरबाट पाँच किलोमिटरको दूरीमा सर्पदंश उपचार केन्द्र रहे पनि आफूहरूलाई सर्पले डसेको थाहा नभएको बताइन् ।
श्रीमान् बितेको तीन महिना पनि पुगेको छैन । यिनै छोराहरूको भविष्यका लागि दुबई गएको बेला तिनै छोराहरूले पनि अकालमा ज्यान गुमाउनुपरेको अवस्था छ । उता, मृतकका हजुरआमा वसन्तालाई अहिले सर्पदंश उपचार केन्द्र भर्ना गरिएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौं । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न सरकारका नाममा...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend