काठमाडौँ। मनाङ एयर हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव लिन गएका दुई हेलिकप्टर खराब मौसमका कारण दुर्घटनास्थलमा पुग्न सकेका छैनन्।
लिखुपिके गाउँपालिका-५ लामजुरा डाँडास्थित दुर्घटनास्थलमा अल्टिच्युट एयरको दुईवटा हेलिकप्टर मौसमका कारण पुग्न नसकेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
दुर्घटनास्थल जान नसकेपछि सोलुखुम्बुकै भकञ्जेमा अवतरण गरिएको छ। घटनास्थलमा स्थानीय र प्रहरी खटिएका छन्।
प्राधिकरणका अनुसार उनीहरूको सहयोगमा शवलाई गाडीमा हालेर भकञ्जेसम्म ल्याउने तयारी छ।
त्यहाँबाट शवलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याउन लागिएको हो। प्राधिकरणले सिम्रिक एयरको अर्को हेलिकप्टर पनि परिचालन गरेको छ।
मंगलबार बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको ‘नाइन एनए–एमभी’ हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो।
सम्पर्कविहीन भएको हेलिकप्टर लामजुरामा दुर्घटना भएको खबर पाएपछि प्रहरीको टोली पुगेको हो। दुर्घटना हुँदा पाइलट चेतबहादुर गुरूङ र पाँच मेक्सिकन नागरिकको मृत्यु भएको छ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend