काठमाडौँ। मनाङ एयर हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव लिन गएका दुई हेलिकप्टर खराब मौसमका कारण दुर्घटनास्थलमा पुग्न सकेका छैनन्।
लिखुपिके गाउँपालिका-५ लामजुरा डाँडास्थित दुर्घटनास्थलमा अल्टिच्युट एयरको दुईवटा हेलिकप्टर मौसमका कारण पुग्न नसकेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
दुर्घटनास्थल जान नसकेपछि सोलुखुम्बुकै भकञ्जेमा अवतरण गरिएको छ। घटनास्थलमा स्थानीय र प्रहरी खटिएका छन्।
प्राधिकरणका अनुसार उनीहरूको सहयोगमा शवलाई गाडीमा हालेर भकञ्जेसम्म ल्याउने तयारी छ।
त्यहाँबाट शवलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याउन लागिएको हो। प्राधिकरणले सिम्रिक एयरको अर्को हेलिकप्टर पनि परिचालन गरेको छ।
मंगलबार बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको ‘नाइन एनए–एमभी’ हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो।
सम्पर्कविहीन भएको हेलिकप्टर लामजुरामा दुर्घटना भएको खबर पाएपछि प्रहरीको टोली पुगेको हो। दुर्घटना हुँदा पाइलट चेतबहादुर गुरूङ र पाँच मेक्सिकन नागरिकको मृत्यु भएको छ।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौं । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न सरकारका नाममा...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend