Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाको शव काठमाडौं ल्याइँदै


    मंगलबार, असार २६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। मनाङ एयर दुर्घटनामा ज्यान गुमाएकाको शव काठमाडौं ल्याउन दुई वटा हेलिकप्टर परिचालन गरिएको छ।

    आज सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ स्थित लामजुरा डाँडामा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। उनीहरूको शव लिन अल्टिच्युड एयरका दुई वटा हेलिकप्टर परिचालन गरिएको हो।

    ‘अल्टिच्युडका हेलिकप्टर आएका छन्। त्यसमा राखेर शव लग्ने कोशिस भइरहेको छ। एक जनाको शव थिचिएको अवस्थामा फेला परेको हो। बाँकी ५ जनाको शव बाहिरै फेला परेको छ,’ कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए।

    पाँच शव विदेशी नागरिकका भएकाले काठमाडौंमै पठाउने तयारी रहेको पनि उनले बताए। उक्त हेलिकप्टरमा पाइलट चेतबहादुर गुरूङ र पाँच मेक्सिकन नागरिक सवार थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार