कपिलवस्तु। विषालु सर्पले टोक्दा दुई दाजुभाइसहित ४ जनाको मृत्यु भएको छ ।
बुद्धभूमि नगरपालिका १, कपासीका दाजुभाइ ९ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दिपक भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ । हजुरआमासँग भुइँमा सुतेका उनीहरुलाई सोमबार राति सर्पले डसेको थियो । बिहान दाजुभाइ अचेत अवस्थामा भेटिएका थिए ।
परिवारले उपचारका लागि गोरुसिंगेस्थित बुद्ध पोलिक्लिनिक लगेका थिए । पोलिक्लिनिकले बुटवल रिफर गरेको थियो । बुटवल लैजाँदा एक जनाको बाटोमै र अर्काको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार हुँदाहुँदै मृत्यु भएको बताइएको छ ।
त्यस्तै, महाराजगन्ज नगरपालिकाकी ३१ वर्षीया अनिता यादवलाई गोमन सर्पले डस्दा उनको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका–१० हरदासडिहवाकी १४ वर्षीया ममता चमारको पनि विषालु सर्पले डस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवै जनालाई गोरुसिंगे सर्पदंश उपचार केन्द्रमा लगे पनि ढिलो भएका कारण मृत्यु भएको हो । उनीहरुलाई सोमबार दिउँसो र साँझ सर्पले डसेको जनाइएको छ ।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौं । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न सरकारका नाममा...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend