Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभा बैठकमा आज तीन विधेयक प्रस्तुत हुने


    आइतबार, असार २४ २०८०
    1.4K
    Shares
    k|ltlglw;efsf] a}7s k|ltlglw;efsf] d+unaf/sf] a}7sdf ;xefuL ;f+;bx? . t:jL/ M gjLg kf}8]n, /f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने भएको हो ।

    सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार शुक्रबारको बैठकमा तीनवटा विधेयक प्रस्तुत हुने छन् । जसअनुसार राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० प्रतिनिधिसभामा टेबुल हुनेछ ।

    यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेस गर्नेछन् भने राष्ट्रियसभामा उत्पत्ति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।

    यस विधेयकमाथिका संसोधनहरुलाई आजै निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार