काठमाडौँ । काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब लर्ड अफ द ड्रिंक्स (एलओडी) का अर्का सञ्चालक रुदिल बल्लब श्रेष्ठ पनि पक्राउ परेका छन् ।
ललितपुर प्रहरी परिसरले आज बिहान ९ः३० बजे श्रेष्ठलाई कुपण्डोलबाट पक्राउ गरेको हो । गत जेठ ३० गते ठमेलको एलओडी क्लबमा पुगेकी १६ वर्षीय किशोरीको बलात्कार प्रकरणमा क्लबका सञ्चालकद्वय रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध प्रहरीले पक्राउ पुर्जी लिएको थियो ।
यसअघि बिहीबार साँझ क्लबमा पुगेकी नाबालिग बलात्कृत घटनामा सञ्चालक राजुसिंह सुवाललाई पक्राउ गरिएको थियो । एलओडी क्लब पुगेकी १६ वर्षीया नाबालिगलाई पोखरा घर भएका ५० वर्षीय सुदन कोइरालाले ललितपुरस्थित आफ्नो फ्ल्याटमा लगेर गत जेठ ३१ गते बलात्कार गरेको प्रहरीमा जाहेरी परेको थियो । जेठ ३१ गते बिहान ४ बजे प्रहरीले नाबालिगलाई ललितपुरको एक फ्ल्याटबाट उद्धार गरेको थियो ।
ललितपुर प्रहरी परिसरका अनुसार पक्राउ परेका दुवैजनालाई बालबालिका सम्बनधी कसुरमा पक्राउ गरिएको हो । उमेर नपुगेको बालबालिकालाई क्लबमा प्रवेश दिएर उनीहरुमाथि अपराध भएकाले बालबालिकासम्बनधी कसुरमा उनीहरुलाई पक्राउ गरिएको हो ।
जेठ ३० गते राती क्लबमा पुगेकी किशोरीलाई क्लबमै पुगेका कोइरालाले त्यहाँबाट लिएर आफ्नो फ्ल्याटमा आएका थिए । फ्ल्याटमा आएपछि कोइरालाले बलात्कार गरेपछि नाबालिगले आफ्नो परिवारका सदस्यलाई फोन गरेपछि परिवारको सहयोगमा प्रहरीले बालिकालाई फोन आएको एक घण्टापछि उद्धार गरेको थियो ।
उक्त घटनापछि फरार रहेका कोइरालालाई भने सोही बिहान ९ बजे पक्राउ गरिएको ललितपुर प्रहरीका प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताए ।
काठमाडौं । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न सरकारका नाममा...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्डमा सोमबार ३ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend