काठमाडौं । नेपाल आयल निगमले पछिल्लोपटक निर्धारण गरेको इन्धनको मूल्यअनुसार उसलाई १५ दिनमा १ अर्ब ११ करोड रूपैयाँ नाफा छ। यसरी हेर्दा निगमले एक महिनामा करिब सवा २ अर्ब रूपैयाँ नाफा कमाउँछ।
सरकारी स्वामित्वको निगमले स्वचालित मूल्य पूर्णरूपमा कार्यान्वनयमा नल्याएर आफूखुसी उच्च नाफा राखेर इन्धन बिक्री गर्दै आएको छ। भारतको बक्यौता र नेपाल सरकारलाई ऋण तिर्ने बहानामा निगमले धेरै नाफा राखेर इन्धनको मूल्य निर्धारण गर्दा उपभोक्ता मारमा परेका छन्।
गत सोमबार निगमले पेट्रोल, डिजेल, मट्टीतेल लिटरमा ५ देखि ७ रूपैयाँ ५० पैसा मूल्य घटाएको भए पनि अहिले पनि ती वस्तुमा निगमलाई धेरै नाफा छ। पेट्रोलको खुद्रा बिक्री मूल्य ठाउँअनुसार प्रतिलिटर १ सय ६७ रूपैयाँ ५० पैसादेखि १ सय ७०, डिजेल र मटितेलको मूल्य प्रतिलिटर १ सय ४७ रूपैयाँ ५० पैसादेखि १ सय ५० रूपैयाँसम्म कायम गरिएको छ।
त्यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ सय ३६ रूपैयाँ, अन्तर्राष्ट्रियतर्फ १.०३५ डलर मूल्य कायम गरिएको छ। खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १८ सय रूपैयाँ छ।
निगमले पेट्रोल प्रतिलिटर ८ रूपैयाँ ६१ पैसा, डिजेल ९ रूपैयाँ २ पैसा, मट्टीतेल २३ रूपैयाँ ६२ पैसा, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २५ रूपैयाँ ३६ पैसा र अन्तर्राष्ट्रिय उडानतर्फ ४२ रूपैयाँ ६२ पैसा तथा खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १० रूपैयाँ ७३ पैसा नाफामा बिक्री गरिरहेको छ।
निगमको यो नाफा अस्वाभाविक हो। निगमले नाफा मात्रै होइन, उपभोक्ताको हितमा पनि ध्यान दिनुपर्छ। प्रशासनिक खर्च र पूर्वाधार निर्माणका लागि निश्चित रकम राखेर पूर्ण स्वचालित मूल्यमा जाँदा त्यसको फाइदा तथा भार उपभोक्ताले नै बेहोर्छन्। यो वैज्ञानिक पनि हुन्छ। यो समाचार नागरिक दैनिकमा छ ।
शिवकुमार थापा काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको महाबिनासकारी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर लगायतका सडकमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले मौका छोपेर प्रतिसिलिन्डर...
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको...
काठमाडौं । सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेको बेलामा खाना पकाउने एलपी ग्याँसमा सरकारले मूल्यबृद्धि गरेको छ । विगत २ महिनादेखि ग्याँस सहज आपूर्ति...
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निरन्तर बढेर उच्च मूल्य तिर लागेको सुनको भाउ ओरालो लाग्न थालेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार...
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend