Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं महानगरले घरेलु श्रममा लगाइएका दुई बालकको उद्धार गर्‍यो


    बिहिबार, असार २१ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। घरेलु श्रममा लगाइएका दुईजना बालकको काठमाडौं महानगरपालिकाले उद्धार गरेको छ । महानगरले असार १७ गते सिनामंगलस्थित दुई घरहरुबाट घरेलु बाल श्रमिकका रुपमा राखिएको अवस्थामा उनीहरुको उद्धार गरेको हो ।

    उनीहरुलाई घरबेटीले कुटपिट, गालीगलौज तथा अत्यधिक काममा लगाए चरम यातना दिएको भन्ने खबर पाएपछि महानगरको टोली त्यहाँ पुगेको थियो ।

    उद्धारपछि १० वर्षीय बालकले आफूलाई मालिकले घरभन्दा अलग्गै रहेको जस्ताको छानो भएको स्टोरमा सुताउने गरेको, बिहान ४ बजेदेखि नै घरको सरसफाइ, लुगा धुने, भाँडा माझ्ने जस्ता कार्यमा लगाउने गरेको र विभिन्न बहानामा चरम याताना दिने गरेको बताएका छन् ।

    उद्धार गरिएका बालकलाई अहिले अस्थायी सरंक्षण गृहमा राखिएको महानगरले जनाएको छ । उनीहरुको परिवार पहिचान गरीे शिक्षा, स्वास्थ्य, पालनपोषणको उचित प्रबन्ध हुने गरी पारिवारको जिम्मा लगाइने वा परिवारमा उनीहरुको संरक्षण नहुने अवस्थामा वैकल्पिक स्याहारको व्यवस्थाका लागि प्रबन्ध मिलाइने महानगरले जनाएको छ ।

    घरबेटीलाई बालश्रम नियमित तथा निषेध गर्ने ऐन २०५६ बमोझिम कारबाही गरिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार