Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गायक रोबिन तामाङको अन्त्येष्टि आइतबार


    बिहिबार, असार २१ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। चर्चित नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का गायक रबिन तामाङको अन्त्येष्टि आइतबार गरिने भएको छ । बौद्ध संस्कार अनुसार उनको आइतबार स्वयम्भूमा अन्तिम संस्कार गरिने निश्चित भएको हो ।

    रबिनका दुई छोरी छन् । उनीहरू फ्रान्समा बस्ने भएकोले उनको दाह संस्कार अलि ढिलो हुन लागेको मुक्ति एन्ड रिभाइभलका गायक मुक्ति शाक्यले बताए ।

    बौद्ध धार्मिक परम्परा अनुसार शनिबार निजी निवासमा उनको पार्थिव शरीरमा पूजा अर्चना गरिनेछ ।

    ६० वर्षीय उनको मंगलबार साँझ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-५ चिस्यानीस्थित निवासमा निधन भएको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार